
२४ वैशाख, काठमाडौं । नक्सालस्थित नेपाल बालमन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ । जसमध्ये तीन जना भारतीय नागरिक छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरू विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुने भारतीय नागरिकहरूमा ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेय रहेका छन् । तीनै जना बृहस्पति विद्यासदनका सञ्चालकहरू हुन् ।
सिंघानिया काठमाडौं महानगरपालिका-४ स्थित बालुवाटार, केडिया ललितपुर महानगरपालिका-स्थित सानेपा र पाण्डेय काठमाडौं महानगरपालिका-३० स्थित ज्ञानेश्वरमा बस्दै आइरहेका छन् ।
सिंघानियाको स्थायी घर भारतको दिल्ली हो भने केडियाको भारतको राजस्थान राज्यको जयपुर र पाण्डेयको कर्नााटक राज्यको बेडलोर हो ।
रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । सोही निर्णयविरुद्ध उनीसहित १७ जनामाथि मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया 4