 
																						३१ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरिरहेको छ ।
समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश समेत रहेका कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।
उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग गरेका थिए । समितिले उक्त माग अस्वीकार गरेको छ । तर बुधबार उजुरी नदिएका मानिसहरुसमेत सिंहदरबारस्थित समितिको बैठक स्थलमा पुगेका छन् ।

सुनुवाइ समितिले भने अहिले केही उजुरीकर्तालाई मात्र बैठकमा सहभागी गराएको छ । अरुले भने बैठक कक्षको ढोका बाहिर बसेर आफूहरुलाई पनि सहभागी गराउनु पर्ने भन्दै विरोध गरिरहेका छन् ।
हेर्नुहोस् उजुरीकर्ताको पत्र

 
  
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4