
३१ जेठ, काठमाडौं । उखु किसानका समस्या समाधान गर्न प्रतिनिधिसभाको समितिले उपसमिति गठन गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो ।
समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नका लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको जानकारी दिए ।
उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेको बताए । समितिलाई अध्ययन प्रतिवेदन तयार गर्नका लागि एक महिनाको समय दिइएको छ । समितिले उद्योगी व्यवसायीहरु सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेश गर्ने कार्यदेश दिएको छ ।
उखु किसानहरु लामो समयदेखि आन्दोलनमा रहेकाले समितिले सम्बोधन गर्नुपर्छ भनेर उखु किसानहरुको मिल उद्योगले पैसा नदिएको भन्ने विषयमा अध्ययन गर्नका लागि एउटा उपसमिति बनाइएको हो ।
प्रतिक्रिया 4