+
+

बल्ब फेर्ने कामको डेढ करोड तलब, तर कसैले दिएनन् आवेदन !

एजेन्सी एजेन्सी
२०८० जेठ ३२ गते ७:५१

काम केवल बिजुलीको बल्ब फेर्ने तर तलब भने वर्षदिनको डेढ करोड रुपैयाँ भन्दा धेरै । सुन्दैमा अनौठो, अपत्यारिलो तथा विचित्र लाग्नसक्छ । तर, सोसल मिडियामा पछिल्लो समयमा एउटा यस्तै जागिरको अफर चर्चामा छ । तथापि यति अब्बल तथा अविश्वसनीय खालका तलबका बाबजुत पनि यो जागिरका लागि मानिसहरुले आवेदन नै गरिरहेका छैनन् । आखिर किन त ?

सोसल मिडियामा भाइरल बनिरहेको यो जागिरको विज्ञापन अनुसार टावरको बल्ब फेर्ने अर्थात् Tower Lantern Changer नामक उक्त पदका लागि अमेरिकाको साउथ डेकोटामा विज्ञापन खुलेको हो । उक्त जागिर खानेले ६ सय मिटरभन्दा अग्लो सिग्नल टावरमा चढेर त्यसको बल्ब फेर्नु पर्दछ । यसका लागि वार्षिक तलब चाहिँ १ लाख पाउण्ड अर्थात् करिब एक करोड ७० लाख रुपैयाँ रहेको छ ।

स्मरण रहोस् सिग्नल टावरहरू सामान्य टावरभन्दा फरक हुन्छन् । टावरको माथिल्लो भाग निकै साँघुरो हुन्छ । टावरको सबैभन्दा माथि पुगेर, उभिएर त्यहाँको पुरानो बल्ब निकालेर नयाँ हाल्नु सजिलो काम पक्कै होइन । टावरमा चढ्नका लागि सुरक्षाको रुपमा डोरी अर्थात् सेफ्टी केबलको प्रयोग हुन्छ । टावरको टुप्पोको उचाइमा निकै तीव्र गतिको हावा चल्ने हुनाले काम गर्न निकै कठिन हुन्छ ।

मिरर युकेका अनुसार यो जागिरका लागि आवेदन गर्न सबैभन्दा महत्वपूर्ण सर्त भनेको आवेदकलाई उचाइदेखि डर नलाग्ने हुनुपर्दछ । साथै उम्मेदवार शारीरिक रुपमा पनि तन्दुरुस्त हुनुपर्दछ । यसमा एक वर्षभन्दा कम अनुभव भएकाले पनि आवेदन गर्न सक्दछन् । तर बढी अनुभवीको तलब अधिक हुनेछ ।

हरेक ६ महिनामा एक वा दुईपटक मात्रै कुनै टावरको बल्ब फेर्नुपर्दछ । यसरी टावर चढ्दा एक्लै चढेर काम गर्नुपर्दछ । एक पटकमा टावर चढ्ने, बल्ब फेर्ने र झर्ने कामका लागि पूरै ६/७ घण्टाको समय लाग्ने बताइएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?