+
+

नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते ७:४०

३२ जेठ, काठमाडौं । नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो ।

घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर, क्रोएसियाले खेलमा कमब्याक गर्‍यो ।

५५औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।

खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २-२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्‍यो । पेटकोभिचले ९८औं र मोडरिचले ११६औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो ।

क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?