
३२ जेठ, काठमाडौं । विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलव वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
त्यस क्रममा प्रहरीले सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ ।
विद्यालयका पियन, लेखापाल लगायतका कर्मचारीले निजामती कर्मचारीसरह सेवा सुविधा आफूहरुलाई पनि दिनुपर्ने माग राख्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4