+
+

बजेट संशोधन भए सरकार ढल्छ : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:३२

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मान्यता विपरीत रहेको टिप्पणी गरेका छन् । बजेट संशोधन भए सरकार ढल्ने उनले बताए ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरु कुरा गर्दै पूर्व सभामुख समेत रहेका नेम्वाङले बजेट संशोधन गर्ने अभ्यास नरहेको बताए । सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको उनले बताए ।

सत्तारुढ गठबन्धनबाटै विरोध भएपछि हालै सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसलाई लिएर छलफल हुनु राम्रो भएको भन्दै नेम्वाङले अघि भने, जहाँसम्म मान्यता, परिपार्टीको कुरा छ, हामीले संसदीय प्रणाली वेष्ट मिनिष्टर प्रणालीलाई नै पछ्याएका छौं । त्योसँग नजिक रहेका देशहरुमा बजेट, नीति तथा कार्यक्रम संंशोधन गर्दैनन् । त्यही भारतमा पनि छ ।’

अर्थ विधेयकहरुमा संशोधन हाल्नु पर्‍यो भने राष्ट्रपतिको पूर्व स्वीकृति चाहिने अध्यास भारतमा रहेको र त्यही नेपालमा अभ्यासमा रहेको उनले बताए ।

२०४७ को संविधान हुँदा अर्थ विधेयकमा संशोधन हाल्न राजाबाट पूर्व स्वीकृति चाहिने व्यवस्था रहेको भन्दै उनले भने, ‘विनियोजन विधेयकमा संशोधन हुन्न । सांसदहरुले त्यसप्रति असहमति व्यक्त गर्न खर्च कटौतिको प्रस्ताव राख्छन् र, खर्च कटौतिको प्रस्ताव पास भयो भने सरकारको बजेट फेल हुन्छ र सरकार ढल्छ भन्ने मान्यतामा हामी चलिराखेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?