+
+

आफ्नै हाकिमविरुद्ध मनपरी लेख्नेलाई पनि कारबाही हुन्न : अख्तियार प्रमुख राई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:१५

३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे ।

‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । जहाँ पनि, जसले जे गर्दा पनि ठीक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ’, उनले भने ।

अख्तियार प्रमुख राईले तत्कालिन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका क्रममा बहालवाला जिल्ला न्यायाधीशले उजुरी दिएको, सामाजिक सञ्जालमा उनका विरुद्ध लेखेको घटनाको उदाहरण दिए ।

‘अस्ति सम्माननीय प्रधानन्यायाधीशको उसमा (संसदीय सुनुवाइमा) आफ्नै जिल्ला न्यायाधीशले उजुरी हाल्यो, फेसबुकमा लेख्यो, ट्वीटरमा लेख्यो । तर, कारबाही गर्ने हिम्मत भयो ? तुरुन्तै गर्नुपर्छ नि (कारबाही) न्याय परिषदमा छैन त्यो व्यवस्था ? किन गरेन ?’ राईले प्रश्न गरे, ‘यस्तै अन्यले पनि लेखिरहेका छन्, तर कसैलाई हामी कारबाही गर्दैनौं ।’

प्रधानन्यायाधीश कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले उजुरी दिएका थिए । २९ जना उजुरीकर्ताहरुको नेतृत्व गर्दै संसदीय सुनुवाइ समितिमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?