+
+

सिंचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १६:३४

४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

३० फागुन २०५१ देखि ३१ भदौ २०७९ सम्म सार्वजनिक सेवामा रहेका राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

यसमध्ये ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा वैधानिक आय भएको अख्तियारको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?