+
+

छोरालाई पहिलोपटक चिनाउँदै राजेशपायल राईले ल्याए जन्मदिन गीत

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १३:५८

काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोरा सायरेमलाई औपचारिक रुपमा चिनाएका छन् । विवाह र छोराबारे मौन रहेका उनले मंगलबार पहिलोपटक छोरा सायरेमलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका हुन् । ‘ह्याप्पी बर्थडे सायरेम’ भन्दै उनले लिरिकल शैलीमा जन्मदिनको गीत ल्याएका हुन् ।

छोराको पहिलो जन्मदिनमा ल्याइएको यो गीतमा राजेशपायलले छोराप्रतिको प्रेम र माया दर्शाएका छन् ।

गीतका हरफहरु यस्ता छन् :

फूलको थुंगो शिरमा फुली हाँसेको आजै हो

शीतल जुन बलेको दिलमा आजकै दिन हौ

तिमीलाई शुभकामना’

भिडियोमा छोराको तस्वीर पनि समावेश गरिएको छ । राजेशपायलकै संगीत र स्वर रहेको गीतमा अग्नि साम्पाङ राईको शब्द छन् । राजेशको आफ्नै स्टुडियोमा रेकर्ड यो गीत विशुद्ध छोराप्रति समर्पित छ ।

२०७९ सालको फागुन मंसिर २६ गते राजेशले प्रेमिका साङबुङ राईसँग कानुनी विवाह गरेका थिए । फागुन मात्र उनीहरुको विवाह दर्ताको प्रमाणपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

विवाह र सन्तानलाई लिएर मौन रहँदै आएका राजेशपायलले पहिलोपटक छोराको भिडियो र तस्वीर मंगलबार सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?