+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा महेन्द्र यादव र योगेन्द्र कुँवर भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १७:३८

५ असार,काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि महेन्द्र यादव र योगेन्द्र कुवँर प्रतिस्पर्धा गर्ने भएका छन् ।

ट्रेड युनियन कांग्रेसको सोमबारदेखि काठमाडौंमा सुरु भएको ७ औं महाधिवेशनका लागि पार्टीका दुई पक्षले प्यानल खडा गरेका छन । संस्थापन पक्षले योगेन्द्र कुँवरको नेतृत्वमा प्यानल बनाएको छ भने संस्थापनइतरले महेन्द्र यादवलाई अघि सारेको छ ।

कुँवर वर्तमान समितिमा महासचिव छन्। संस्थापनइतर समूहबाट अघिल्लो महाधिवेशनमा महासचिव जितेका उनले समूह फेरेर संस्थापनमा गएर अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

शेखर-गगन समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका यादव वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्।

कुवँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव उम्मेदवार बन्ने भएका छन्। अर्को पक्षले उक्त पदमा तेजेन्द्रजंग कार्कीलाई उम्मेदवारब बनाएको छ।

संस्थापन पक्षले महिला उपाध्यक्षमा भगवती खड्कालाई अघि सारेको छ। संस्थापनइतरले महिला उपाध्यक्षमा राधिका कुँइकेल प्रतिस्पर्धी बनाएको छ।

महासचिवमा संस्थापन पक्षले डिपी अर्याल र शेखर-गगन पक्षले अजयकुमार राईलाई उम्मेदवार बनाएको छ। संस्थापनइतरबाट खुला उपाध्यक्ष तर्फ गणेशबहादुर केसी र ज्योती कोइरालालाई उम्मेदवार बनेका छन्।

४९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि थप उम्मेदवारको नाम टुंगो लाग्न बाँकी रहेको महासचिवका उम्मेदवार अजयकुमार राईले जानकारी दिए। सोमबार देखि सुरु भएको महाधिवेशनको मतदान बुधबार (भोलि) हुनेछ।पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार महाधिवेशनको उद्धघाटन गरेका थिए।

महाधिवेशनका लागि ४९० प्रतिनिधि सहभागी भएका छन्। प्रतिनिधि केन्द्रीय समितिको अतिरिक्त महिला र युवा समिति पनि चयन गर्नेछन्। महिला र युवा समितिका लागि छुट्टै मतदान हुने व्यवस्था छ। ती दुई समितिमा १३/१३ जना निर्वाचित हुनेछन्। कार्यसमितिको पदावधि चार वर्षको हुनेछ।

अघिल्लो महाधिवेशनमा संस्थापनइतरका उम्मेदवारले मूल नेतृत्व सहित अधिकांश पदमा जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?