+
+

क्रिकेट खेल मैदानका लागि आवश्यक बजेट छुट्याउन सांसद भण्डारीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:४५

६ असार, काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

उनले भने,’‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटी बनाई दिउ न । बजेट छुट्टयाई दिऊ ने तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझनु पर्छ ।’

सांसद भण्डारीले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढन सक्नुपर्ने बताए। उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धि विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए ।

‘ यसलाई हामीले पाठ्यक्रममा राखी दिऊ। यिनीहरुको बारेमा विश्वविद्यलाय बनाउनू । अझ माउन्टेन्ट चढने कुराका लागि विश्वविद्यालय बनाई दिउ त।’ उनले भने ।

उनले बुद्धको जन्मस्थल लुम्विनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरु बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘लुम्विनीमा गौतम बुद्धको ठाउँमा जानुस । बच्चा जन्माउने ठूलो हष्पिटल बनाइदिनुस् । हजारौं बेडको । संसारभरीका बुद्धमार्गीहरु सन्तान जन्माउन आउँछन्। के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समय अनुसार चल्न सकेनौ कि । समय बुझेनौ कि ?  मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन।’

सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको पटकपटक दोहोर्‍याए । हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढने स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?