+
+

उपेन्द्र यादवको टिप्पणी : बाबुरामजीको एक्लै हिंड्ने बानी छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते ११:५८

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् ।

सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।

मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले अघि भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले मोर्चा बनाउन झण्डै एक वर्षदेखि भएको छलफलमा डा. बाबुराम भट्टराईलाई कहिल्यै नदेखेको बताए । ‘बाबुराम भट्टराईले समातेको पनि होइन, छोडेको पनि होइन हामीले,’ कुनै छलफलमा नभएको भन्दै उनले हाँस्दै अघि भने, ‘फेरि बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भ’छ कि जस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?