+
+

नेप्सेमा झिनो वृद्धि, तर होटलमा लगानीकर्ताको आकर्षण, हाइड्रोपावरले गुमाए

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १५:३०

७ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो वृद्धि देखिँदा होटल, जीवन बीमा र निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा रोकिएको छ ।

बिहीबार होटल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए ।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ ।

होटल र बीमा क्षेत्रमा बहार

बिहीबार अधिकांश होटलको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

सोल्टी होटलको मूल्यमा २५ रुपैयाँले वृद्धि भई ४६३ रुपैयाँमा अन्तिम कारोबार भयो भने सिटी होटलको मूल्यमा २३ रुपैयाँले वृद्धि भएर २६१ रुपैयाँ पुग्यो । सोल्टी होटलको ९२ हजार ७ सय ६० कित्ता कारोबार भयो ।

ओरियन्टल होटलको ३० रुपैयाँले वृद्धि भई ७२८ रुपैयाँमा कारोबार भयो भने तारागाउँको २३ रुपैयाँले वृद्धि भई ७२४ रुपैयाँ पुगेको छ । यी दुवै होटलको ३ लाख ६० हजार कित्ताभन्दा धेरै कारोबार भएको छ ।
रसुवागढी होइड्रो, धौलागिरि लघुवित्त, पाँचथर पावर, साधना लघुवित्त, माउन्टेन हाइड्रो र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।

हाइड्रोपावरले गुमाए

बिहीबार हाइड्रोपावर क्षेत्रका कम्पनीहरुको मूल्यमा गिरावट देखिएको छ । ग्रिन भेन्चर, शुभम पावर, माउन्टेन इनर्जी, मैलुङखोला जलविद्युत र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

राष्ट्रिय बीमा संस्थान, खप्तड लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त पनि गुमाउनेहरुको शीर्ष १० स्थानमा परेका छन् ।

बिहीबार सोल्टी होटल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, आईजीआई प्रडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम, नागरिक लगानी कोष, निफ्रा, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर र तारागाउँ रिजेन्सीले सर्वाधिक रकमको कारोबार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?