+
+

वेष्ट इण्डिजविरुद्ध आरिफले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते २०:०७

६ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।

तेस्रो विकेट गुमेपछि ब्याटिङमा आएका शेखले ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलिरहेका छन् । उनले ८६ बल सामना गर्दै अर्धशतक पूरा गरेका हुन् ।

शेखले अर्धशतक पूरा गर्दा नेपालको ६ विकेट गुमिसकेको छ भने ४२.३ ओभरको खेल सकिदा १८७ रन मात्रै बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?