+
+

फेसबुक र इन्स्टाग्रामले क्यानडामा किन बन्द गरे समाचार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १०:५१

काठमाडौं । क्यानेडाली प्रयोगकर्ताहरुले अब सोसल मिडिया प्लाटफर्म फेसबुक र इन्स्टाग्राममा समाचार हेर्न नपाउने भएका छन् ।

क्यानडाको संसदले एक विवादास्पद विधेयक पारित गरेसँगै मेटा कम्पनीले क्यानडामा फेसबुक तथा इन्स्टाग्रामको प्लाटफर्ममा समाचार रोक्ने घोषणा गरेको हो ।

क्यानडाली संसदले पारित गरेको नयाँ कानून अनुसार इन्टरनेट प्लाटफर्महरुले आफ्ना साइटहरुमा प्रकाशित समाचारका लागि सम्बन्धित समाचार प्रकाशकलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।

मेटा र गुगल कम्पनीले यसअघि नै आफ्ना प्लाटफर्ममा समाचार रोक्ने कार्यको कतिपय क्यानेडाली प्रयोगकर्तामा परीक्षण सुरु गरिसकेका छन् ।

यसअघि सन् २०२१ मा यस्तै कानून पारित गरेको जवाफमा मेटाले अष्ट्रेलियामा पनि फेसबुक प्लाटफर्ममा समाचार हेर्न र शेयर गर्नमा बन्देज लगाएको थियो ।

क्यानडाली सिनेटले बिहीबार पारित गरेको अनलाइन समाचार ऐन अनुसार अब मेटा तथा गुगल जस्ता प्लाटफर्महरुले समाचार सामग्रीहरु प्रकाशित गर्नका लागि सम्बन्धित समाचार संस्थासँग व्यवसायिक सम्झौता गर्नुपर्नेछ ।

उता मेटाले भने उक्त कानून पूर्णरुपमा गलत रहेको भन्दै फेसबुकले कसरी काम गर्दछ भन्ने कुरालाई यसले आधारभूत रुपमै बेवास्ता गरेको जनाएको छ ।

कानून कार्यान्वयनमा आउनु अगाडि नै बिहीबार मेटाले अबदेखि सबै क्यानडाली फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले ती प्लाटफर्महरमा समाचार पढ्न नपाउने जनाएको थियो ।

मेटाका प्रवक्ताले रोयटर्ससँगको कुराकानीमा भनेका छन्– हामीले पोष्ट नै नगर्ने लिंक तथा सामग्रीहरुका लागि पनि हामीलाई शुल्क तिर्न बाध्य पारेको छ यो कानूनी संरचनाले । त्यस्ता समाचार सामग्री तथा लिंकहरु ठूलो संख्यामा रहेका हाम्रो प्लाटफर्मका प्रयोगकर्ताको श्रोत पनि होइनन् । त्यसैले यस्तो नियम कार्यान्वयन हुुँदैन र टिकाउ पनि छैन ।

उता गुगलले पनि नयाँ ऐन अहिलेकै स्वरुपमा कार्यान्वयनयोग्य नरहेको भन्दै अगाडिको मार्ग तय गर्नका लागि आफूले क्यानडाको सरकारसँग छलफल गर्न चाहेको जनाएको छ ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?