
११ असार, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँ बजेट ल्याएको छ ।
आइतबार नगरपालिकाको १२ औं नगर सभामा मेयर संजिवकुमार साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई समेटेर ५८ करोड ९७ लाख १८ हजार अनुमानित बजेट तथा नीति तथा कार्यक्रम ल्याएको हो ।
सशर्त अनुदानतर्फ २३ करोड, प्रशासनिक खर्च र अन्य चालुतर्फ ११ करोड २३ लाख १८ हजार, पूर्वाधार निर्माण तथा अन्य योजना कार्यक्रमतर्फ २४ करोड २१ लाख र प्रदेश विशेष एवं समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको मेयर साहले बताए ।
बजेट स्रोत संघीय सरकारबाट प्राप्त अनुदान ४८ करोड ९२ लाख १८ हजा, आन्तरिक राजश्व तथा आम्दानी ८ करोड र प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड ५ लाख रुपैयाँ रहेको छ ।
नगरसभामा उपमेयर शान्तिकुमारी सिंहसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत डा.श्रवणकुमार साहलगायत कर्मचारीहरुको सहभागिता थियो ।
प्रतिक्रिया 4