+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

किर्ते नागरिकताको अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १८:३०

११ असार, काठमाडौं। किर्ते नागरिकता सम्बन्धी जाहेरीको अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको उजुरीकर्ताले गुनासो गरेका छन् ।

डेढ वर्षअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दिएको उजुरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरमा पुगेपनि अनुसन्धानमा प्रहरीले गम्भीरता नदेखाएको उजुरीकर्ता मिलन खातीले बताए ।

‘ललितपुरको साबिक ठैव गाविस–५ घर भएकी ४५ वर्षीया लक्ष्मी खड्गेले नागरिकता किर्ते गरेर केरमेट गरेकी छन्’, खातीले भने, ‘प्रशासनले पटकपटक अनुसन्धान गर्न निर्देशन दिंदा पनि अघि बढेको छैन ।’

उनले दिएको जाहेरी अनुसार खड्गेले नागरिकताको प्रमाणपत्रमा पछि पतिको नाम, थर, ठेगानामा रवीन्द्र खड्गे र प्रमाणपत्रमा आउने व्यक्तिको सहीमा माया खड्गे थप गरेको देखिएको दाबी गरिएको छ । नागरिकता विवरणहरु थप गरेर त्यही अनुसार राहदानी समेत बनाएको देखिएकाले छानबिन गर्न माग गरिएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाह चाहिं आफूले त्यसबारे फाइल मगाएर अध्ययन गर्दा ढड्डाको अभिलेखमा अहिलेको नागरिकता अनुसार नै विवरण देखिएपछि अघि बढ्न नसकिएको बताए ।

‘पहिलेको नागरिकतामा पतिको नाम छैन, पछिल्लोमा थपिएको भन्ने उहाँहरुको भनाइ छ’ शाहले भने, ‘तर, ढड्डाको अभिलेखमा पतिको नाम पनि देखिन्छ ।’ उनका अनुसार नागरिकता बनाउँदा लिएको अनुसूचीको विवरणको खोजी भइरहे पनि फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?