+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिरासतबाट बल्छी ध्रुवेले भने : वान एक्स वेटको विज्ञापन गर्नु अवैध भन्ने थाहा थिएन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १८:२३

११ असार, काठमाडौं। अनलाइन बेटिङ (सट्टेवाजी) को वेबसाइट वानएक्स वेटको प्रचार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने आफूलाई थाहा नभएको जिकिर गरेका छन्।

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका श्रेष्ठलाई भेट्न सोमबार पुगेको कलाकारहरुको टोलीसँग उनले भने, ‘धेरै युट्युबरहरुले त्यसरी विज्ञापन गरेका थिए, हामीलाई पनि अफर आयो। त्यही अनुसार विज्ञापन मात्र गरेका थियौं। त्यो गलत हो भन्ने थाहा थिएन।’

लामो संघर्षपछि स्थापित हुँदै गरेका बेला विज्ञापनको विषयलाई लिएर ठूलै अपराधीझैँ पक्राउ गरिँदा आफू खिन्न भएको उनले बताएका छन्। ‘विज्ञापनवापत पैसा आउँथ्यो, त्योबाहेक केही सरोकार थिएन’, उनले भने, ‘दुःख र संघर्ष गरेर यहाँसम्म आइयो, यस्तो सानो विषयमा थुनामा पर्नुपर्‍यो।’

त्यसमाथि प्रहरीले हातमा हत्कडी लगाएर अदालत लाँदा ल्याउँदा एकदम नमिठो लागेको उनले बताए।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले अवैध वान एक्स वेटको प्रचार गरेको अभियोगमा बल्छी ध्रुवेसहित ८ कलाकारलाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने अन्यमा पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर जलन’ र गणेश देवकोटा (जिडी) थिए। उनीहरुले वान एक्स वेटको विज्ञापन राखेर १० लाखदेखि ४० लाख रुपैयाँसम्म लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी अधिकृतहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?