+
+

३६ दिनमा सके निश्चलले ‘दिमाग खराब’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १३:१०

काठमाडौं । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले आफ्नो पछिल्लो फिल्म ‘दिमाग खराब’को छायांकन सकेका छन् । सोमबार ३६ औं दिनमा सुटिङ इन्ड-कल्याप भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् । निश्चल र अभिनेत्री स्वस्तिमा खड्काले फोटो पोस्ट गर्दै सुटिङ सकिएको जनाएका छन् ।

काभ्रेको पाँचखाल र काठमाडौंमा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । ‘इन्ड कल्याप दिमाग खराब । फिल्म हलमा हेर्नको लागि अधैर्य छु । यसको लागि यो टिमलाई धन्यवाद,’ स्वस्तिमाले फोटो सेयर गर्दै लेखेकी छन् ।

यो मल्टिस्टारर फिल्म आगामी कात्तिक २४ गते रिलिज गर्ने तयारी छ । फिल्ममा स्वस्तिमासहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायतको अभिनय छ । ‘पावर भर्सेस पिपुल’ बटमलाइनको कथावस्तुमा निर्माण भएको फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट नेपालले मिलेर निर्माण गरेका हुन् । छायांकन सेटबाट निर्माताले ताजा तस्वीर पनि सेयर गरिरहेका छन् ।

निश्चलले लुट, टलकजंग भर्सेस टुल्के र लुट २ निर्देशन गरेका छन् । उनले ६ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेकाले पनि यसलाई महत्वका साथ हेरिएको छ । उनको डेब्यु निर्देशकीय फिल्म ‘लुट’ले घरेलु फिल्मको कथावाचन र शिल्पमा नयाँ अध्यायको थालनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?