+
+

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १४:३५
प्रदीप यादव ।

१३ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि ह्वीप जारी गरेर बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

त्यस्तै सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?