+
+

भरिया जीवनशैलीमा आधारित फिल्म ‘ए ढाक्रे दाइ’ साउन ५ मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १६:२५

काठमाडौं । ६ दशकअघिको भरिया जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाइ’ अब दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला)को निर्देशनमा बनेको यो फिल्म साउन ५ गतेदेखि प्रदर्शन हुने निर्माताले जनाएका छन् ।

कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले ६ दशकअघिको जीवनलाई पर्दामा उतार्ने कोसिस गरेको बताए । ‘त्यतिबेला पहाडतिरबाट एक-दुई महिनै हिंडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमास बेचेर नुन, तेल, लत्ताकपडाजस्ता अत्यावश्यक सामग्री किन्थे,’ उनले भने, ‘हाम्रा अग्रजले खेपेको सोही दुःखकष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’

त्यसबेलाको जीवनशैली र पद्धतिलाई बुझ्न अहिलेको पुस्ताले यो फिल्म हेर्न जरुरी रहेको उनले बताए । फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् ।

सुमन थापा र विनोद चौधरीले खिचेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, लोकेन्द्र शाह र एनकेएमको नृत्य निर्देशन छ । युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको फिल्मको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । ‘ए ढाक्रे दाइ’को वितरण आरआर फिल्म प्रोडक्सनले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?