+
+

सुरक्षा पन्त अभिनित ‘द एट माउन्टेन्स’ पछिल्लो ६ महिनाकै सर्वश्रेष्ठ फिल्मको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १६:५६
कान्स फिल्म फेस्टिभलमा सुरक्षा पन्त । फाइल तस्वीर

काठमाडौं । सन् २०२३ को आधा समय सकिने संघारमा छ । यस्तोमा अन्तर्राष्ट्रिय मिडियाले यो वर्षको पहिलो ६ महिनाका सर्वश्रेष्ठ फिल्मको सूची सार्वजनिक गरिरहेका छन् । भेराइटी र हलिउड रिपोर्टर म्यागजिनले आधा वर्षका सर्वोत्कृष्ट फिल्मको सूची प्रकाशमा ल्याएका छन् ।

भेराइटीले १० यस्ता उत्कृष्ट फिल्मको सूची सार्वजनिक गरेको छ, जसमा नेपालमा समेत छायांकन गरिएको इटालीको फिल्म ‘द एट माउन्टेन्स’ पनि अटाएको छ । भेराइटीले यो फिल्मलाई दोस्रो स्थानमा सूचीकृत गर्दै फिल्मको प्रशंसा गरेको छ । यो फिल्ममा नेपाली कलाकारहरु सुरक्षा पन्त, चेचे गुरुङ र वान्डी गुरुङले समेत अभिनय गरेका छन् ।

यो फिल्मले मित्रता र आत्मखोजको एक यात्रालाई रोमाञ्चक ढंगले पेश गरेको छ । इटालीको पहाडमा सेट गरिएको यो फिल्मले पिट्रो र ब्रुनोबीचको गहिरो र जटिल सम्बन्धलाई चार दशकसम्म पछ्याउँछ । यो फिल्मलाई सन् २०२२ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।

भेराइटीले यो फिल्मलाई सान्दर्भिक र यथार्थपरक फिल्म भन्दै प्रशंसा गरेको छ । उनीहरु घुम्दै आउने क्रममा नेपालमा आउँछन् र यसमा नेपालको कथावस्तु पनि बुनिएको छ । फिल्ममा सुरक्षाको छोटो तर मनछुने भूमिका छ ।

यो फिल्मबाटै सुरक्षाले कान्स फिल्म फेस्टिभलको प्रिमियरमा सहभागिता जनाएकी थिइन् । केही साताअघि चलचित्र समीक्षक समाजले यो फिल्मलाई मार्टिन चौतारीमा विशेष प्रदर्शन र अन्तरक्रिया पनि चलाएको थियो । भेराइटीको सूचीको शीर्षस्थानमा अर्को अमेरिकी फिल्म ‘एयर’ छ । तेस्रो स्थानमा ‘फेलिमिन हट’, त्यसपछि क्रमशः ‘गाय रिचिज द कन्भेन्ट’, ‘लिटल रिचार्ड : आई एम एभ्रिथिङ’, ‘अप्रेसन फर्चुयन’, ‘पास्ट लाइभ्स’, ‘पोलाइट सोसाइटी’, ‘स्किनमारिंक’ र ‘स्पाइडरम्यान : अक्रस द स्पाइडर भर्स’ सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?