+
+

‘परस्त्री’ प्रिमियरमा सेलिब्रिटीको आकर्षण (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १२:३८

काठमाडौं । फिल्म ‘परस्त्री’लाई बुधबार रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्मको युनिटसहित अन्य कलाकार उपस्थित रहे । रातो स्टाइलिस पहिरनमा अभिनेत्री शिल्पा मास्के आकर्षक देखिएकी थिइन् । निर्देशक सुरज पाण्डे, कलाकारहरु गौरव विष्ट र कोसिस क्षेत्री प्रिमियरमा उपस्थित थिए ।

फिल्म हेर्न कलाकारहरु स्वस्तिमा खड्का, अञ्जना बराइली, खगेन्द्र लामिछाने, मुकुन भुसाल लगायतका कलाकार पनि प्रिमियरमा पुगेका थिए । फिल्म रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो । सस्पेन्स-क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ ।

प्रिमियरमा उपस्थित अभिनेत्री खड्काले आफूसँग ‘लभ लभ लभ’ फिल्ममा सहकार्य गरेका निर्देशक सुरज पाण्डेको निर्देशकीय प्रयत्नको प्रशंसा गरिन् । यो फिल्म बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने दीपेन्द्र के खनालको पटकथा छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?