+

चेल्सी छाडेर आर्सनल पुगे हाभार्ट

२०८० असार  १४ गते १३:१९ २०८० असार १४ गते १३:१९
चेल्सी छाडेर आर्सनल पुगे हाभार्ट

१४ असार,  काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले जर्मन फरवार्ड काई हाभार्डलाई अनुबन्ध गरेका छ ।

आर्सनलले अर्को लण्डन क्लब चेल्सीबाट हाभार्डलाई ६५ मिलियन पाउण्डमा आगामी पाँच वर्षका लागि अनुबन्ध गरेको हो । जसको अर्थ हाभार्ट २०२८ सम्म आर्सनलमा रहनेछन् ।

२४ वर्षीय हाभार्ट तीन वर्ष स्टानफोर्ड ब्रिजमा बिताएका थिए । जहाँ उनले युरोपियन च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जिते ।

२०२१ को च्याम्पियन्स लिग फाइनलमा चेल्सीले म्यानचेष्टर सिटीलाई पराजित गर्दा हाभार्टले नै निर्णायक गोल गरेका थिए ।

उनले चेल्सीका लागि ९१ खेल खेल्दा १९ गोल गरे ।

६ वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको बर्सनलका म्यानेजर मिकेट अर्टेटाले हाभार्टसहित केही खेलाडी अनुबन्ध गर्दै टिम बलियो बनाउन लागेका छन् ।

हाभार्डले चेल्सीका सबै समर्थकलाई धन्यवाद भन्दै च्याम्पियन्स लिग जित्ने सपना सबै मिलेर पूरा गरेको बताएका छन् ।

उनले आर्सनलमा पनि आफ्नो एक मात्र लक्ष्य ट्रफीहरु जित्ने रहेको बताएका छन् ।

आर्सनल चेल्सी हाभार्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय