+
+

कोशीका मुख्यमन्त्रीलाई राजेन्द्र राईले भने : समर्थन मात्र होइन, हामी त पार्टी एकता नै गर्न चाहन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १७:३५

१४ असार, विराटनगर । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले नेकपा एमाले छोड्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि छलफलका क्रममा उनले सपनामा पनि एमालेको नाममा भाषण गरेको देख्ने गरेको बताए ।

‘त्यो पार्टी छोड्न मन लागेकै थिएन । सपनामा पनि त्यो पार्टीको नाममा भाषण गरेको देखिन्छ, त्यो पार्टीको झण्डा बोकेर ढुंगा मुढा, आन्दोलन गरेको देखिन्छ’, प्रदेशसभा संसदीय दलका नेता राईले भने । तर पार्टीभित्र पेलेर तेल नै निकाल्न खोजेपछि एमालेबाट अलग भएको उनले बताए ।

राईले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने मात्रै नभएर आफूहरुको चाहना पार्टी एकताकै भएको समेत बताए । ‘अहिले पनि पेल्न छोड्ने हो भने समर्थन होइन, हामी त पार्टी एकता नै गर्न चाहन्छौं नि’ उनले भने, ‘तर पेल्न छोड्न पर्यो । हिजो भएको गल्ती कमजोरी सच्याउन तयार हुनुपर्‍यो ।’

तर अहिलेकै अवस्थामा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नसकिने राईले बताए । ‘तर चाहिएको बेला खोज्ने, अरु बेला पेल्न खोज्ने भने त्यो खालको समर्थन कसरी गर्न सकिन्छ त ?’ उनले विश्वासको मत दिन नसकिने बताए ।

राईले हिजोको कोर्स करेक्सन भएर एउटै पार्टी बनाउन सकिने विकल्प पनि प्रदेशसभा बैठकमा प्रस्तुत गरे । ‘हिजोको गल्ती करेक्सन गर्दा एउटै पार्टी बनाऔं, एउटै संसदीय दल बनायौं, यो दलको नेता मुख्यमन्त्रीज्यू नै हुनुहोस्, त्यसो भएपछि अरुलाई खोजी हिँड्नु पनि पर्दैन, मोटामोटी’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?