+
+

मियामीको नयाँ प्रशिक्षकमा मार्टिनो नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते ११:५४

१५ असार, काठमाडौं ।अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक गेरार्डो मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

६० वर्षीय मार्टिनोले पूर्व प्रशिक्षक फिल नेभिलको स्थान लिनेछन् । उनलाई जुन १ मा बर्खास्त गरिएको थियो ।

माार्टिनो मियामीको नयाँ प्रशिक्षक नियुक्त भएसँगै लियोनल मेस्सीसँग पुनर्मिलन हुने भएको छ ।

सात पटकका बालोन डीओर विजेता मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेका थिए ।

उनीहरुबीच तेस्रोपटक सहकार्य हुनेछ । मेस्सीले यसै गर्मीमा फ्रान्सेली क्लब पीएसजी छाड्दै मियामीमा सम्झौता गरेका थिए ।

सन् २०२२ को फिफा विश्वकपमा मार्टिनो मेक्सिकोको प्रशिक्षक थिए । मेक्सिको समूह चरणबाटै बाहिरिएपछि अर्जेन्टिनी मार्टिनोले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

‘मार्टिनो एक उच्च सम्मानित व्यक्तित्व हुन् । उनको रेकर्ड आफैं बोल्छ’, इन्टर मियामीका सह मालिक डेभिड बेकह्यामले भने, ‘हामी विश्वस्त छौं कि उनको अनुभवले हाम्रो टोलीलाई प्रेरणा दिनेछ र हाम्रा फ्यानहरूलाई उत्साहित बनाउनेछ उनको प्रभाव हेर्न तत्पर छौं ।’

मार्टिनोले आफ्नो कामको कागजात प्राप्त गरेपछि कोचिङको जिम्मेवारी ग्रहण गर्नेछन् । मार्टिनोसँग अमेरिकी लिग सकर एमएलएसको अनुभव छ । २०१८ मा एट्लान्टा युनाइटेडलाई उनले एमएलएस कपको उपाधि दिलाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?