+
+

मासोन माउन्ट अनुबन्ध गर्न युनाइटेड सहमत

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १४:२०

१५  असार, काठमाडौं । म्यानचेष्टर युनाइटेड इंग्लिस मिडफिल्डर मासोन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्न सहमत भएको छ ।

युनाइटेडले माउन्टलाई पाँच वर्षका लागि ५५ मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको बीबीसीले उल्लेख गरेको छ ।

२४ वर्षीय माउन्ट यस समरमा एरिक टेन हागको पहिलो अनुबन्ध हुनेछन् ।

आउने सिजन च्याम्पियन्स लिगमा छनोट भएको युनाइटेडले टिम बलियो बनाउने योजना बनाएको छ ।

चेल्सीले गत सिजन ६०० मिलियन पाउण्ड खर्च गरेको थियो । फिनान्सियल फेयर प्लेबाट बच्न चेल्सीले ३० जुन अघि नै केही खेलाडीहरु बिक्री गरिसक्नुपर्नेछ ।

चेल्सीले माउन्टका लागि युनाइटेडको सुरुवाती तीन प्रस्ताव अस्वीकार गरेको थियो । तर दुई क्लबबीच यही साता कुराकानी सुरु भयो र समहती भएको हो ।

चेल्सीले माउन्टलाई गुमाउन चाहेको थिएन तर अर्को वर्ष सम्झौता सकिन लागेका माउन्टसँग नयाँ सम्झौता गर्ने विषयमा चेल्सी सफल हुन सकेन ।

उनी ६ वर्षको हुँदा नै चेल्सी पुगेका थिए । सन् २०१९ मा माउन्टले चेल्सीका लागि डेब्यु गरेका थिए जहाँ उनले १९५ खेल खेल्दै ३३ गोल गरेका छन् ।

गत सिजन युनाइटेड तेस्रो हुँदै च्याम्पियन्स लिगमा छनोट हुँदा चेल्सीले १२औं स्थानमा लिग सकाएको थियो ।

माउन्टले २०२१ मा चेल्सीका लागि च्याम्पियन्स लिग जितेका थिए ।

उनले चेल्सीबाट यूईएफए सुपर कप र फिफा क्लब विश्वकप पनि जितेका थिए । उनले इंग्ल्याण्डका लागि ३६ खेल खेल्दै ५ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?