
१६ असार, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् ।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदले यसबारेमा ध्यान दिन नसकेको टिप्पणी गरे ।
‘…अहिले म सुन्दैछु, संसदले एउटा कानुन बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईहरु सांसदले हेर्ने होइन ?’ उनले प्रश्न गरे ।
संसदले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको ढुंगानाले बताए । हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसदको अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईहरुले । त्यो हेर्नुपर्छ । संसदको कामै छैन, त्यो हेरिँदैन भने’ पूर्वसभामुख ढुंगानाले भने ।
उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको पनि बताए ।
प्रतिक्रिया 4