+
+

बमबहादुर कार्कीले लोक तथा दोहोरीगीत प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ नलिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १३:४७

काठमाडौं । अग्रज लोकगायक बमबहादुर कार्कीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दिने भनेको सम्मानार्थ सदस्यता नलिने बताएका छन् । ‘लिनै हुँदैन भनेको होइन तर अहिलेका लागि मेरो समय अनुकूल भएन,’ आइतबार अनलाइनखबरसँग उनले भने, ‘संस्था पनि दर्ता भइसकेको स्थितिमा हामीले संस्थागत निर्णय पनि गर्नेछौं ।’

प्रतिष्ठानले यसअघि कार्कीसहितका नौजना स्रष्टालाई सदस्यता दिने घोषणा गरेको थियो । जसमा कार्कीसहित नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको सम्मानार्थ सदस्यता दिने भनिएको थियो ।

‘खासमा यो मिलेर जाने कुरा हो । हतार गरेर तानातान गर्नु जरुरी छैन । हाम्रो र उहाँहरुको संस्थाका उद्देश्य नै अलग छ । हामीले संगीतका विधामा अध्ययन अनुसन्धान गरेर अघि बढ्ने तयारीमा छौं । अहिलेको समय मेरा लागि अनुकूल रहेन,’ कार्कीले भने ।

प्रतिष्ठानले सदस्यता वितरणका लागि सोमबार गोंगबुमा समारोह आयोजना गरेको छ । आइतबार बिहान प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले सेयर गरेको यसबारेको एक पोस्टमा समेत कार्कीको तस्वीर समावेश छ । वितरणको एक दिनअघि कार्कीले आफ्नो अध्यक्षतामा नयाँ संस्था दर्ता भइसकेकाले सदस्यता लिन नमिल्ने बताएका हुन् । उनको अध्यक्षतामा काठमाडौं जिल्ला प्रशासनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् दर्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?