+
+

अवैध मदिरा बिक्री वितरण नगर्न विभागले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १४:२२

१७ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले चोरी पैठारीबाट आएका मदिरा बिक्री वितरण नगर्न व्यवसायीहरुलाई सचेत गराएको छ ।

विभागले बजार अनुगमनका क्रममा व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, रेष्टुरेन्टमा समेत अवैध रुपमा चोरी पैठारीमा आएको विदेशी ब्राण्डका मदिरा बिक्री वितरण भएको पाइएको हो । ती स्थानमा मदिराको भण्डारण, सञ्चय, खरीद बिक्री तथा प्रयोग समेत भइरहेको भन्दै विभागले त्यसो नगर्न भनेको हो ।

विभागका अनुसार अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ अनुसार इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिरा खरिद बिक्री गर्नुपर्छ ।

विदेशबाट पैठारी भएका मदिराजन्य वस्तुमा समेत विभागले तोकेको स्थानमा अन्तःशुल्क टिकट टाँसेर मात्र मदिराको बिक्री वितरण गर्नुपर्छ ।

विभागले अवैध मदिराको कारोबार गरेको पाइएमा नियम अनुसार कडा कारवाही गर्ने समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?