+
+

नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १५:५५

१७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गत १३ असारमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ भने अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको छ ।

सचिवालयको संयोजकमा अध्यक्ष बाबुराम भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ । यो समितिले संगठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?