+
+

नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १८:०८

१७ असार, चितवन । शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?