+
+

रुसी सेनाले गर्‍यो युक्रेनको राजधानी किभमा ड्रोन आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १९:५०

१७ असार, काठमाडौं । रुसी सेनाले करिब दुई हप्तामा पहिलोपटक आइतबारदेखि युक्रेनको राजधानी किभमा पुनः ड्रोन आक्रमण सुरु गरेको छ ।

युक्रेनी अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई बताएअनुसार युक्रेनको राजधानी किभमा दिउँसो साढे २ बजेतिर हवाई आक्रमणको अलार्म बजेको थियो । त्यसलगत्तै सुरु भएको आक्रमणलाई युक्रेनी एयर डिफेन्स फोर्सले सबै ड्रोनलाई नष्ट गरेको थियो ।

किभका सैन्य प्रशासन प्रमुख सेर्ही पोप्कोका अनुसार एयर डिफेन्सले किभको एयरस्पेसमा रहेका सबै ड्रोनहरू नष्ट गरेको छ । टेलिग्राममा जारी विज्ञप्तिमा उनले रूसी सेनाले राजधानीलाई लक्षित गरी इरानमा निर्मित ड्रोन प्रयोग गरी आक्रमण गरेको १२ दिनमा यो पहिलो पटक हो ।

ड्रोन आक्रमणबाट मानवीय क्षति नभएको, तर खसालिएको ड्रोनको भग्नावशेषले किभ क्षेत्रमा तीनवटा घरलाई क्षति पुर्‍याएको स्थानीय सैन्य प्रशासनले जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार ती घरहरूमध्ये एउटामा रहेका एक व्यक्तिको खुट्टामा चोट लागेको छ ।

युक्रेनी वायुसेनाका अनुसार रसियाले रातभरि कुल आठ, इरानमा निर्मित शाहेद–१३६ ड्रोन र तीन क्रुज मिसाइलहरू प्रक्षेपण गरेको थियो । तर ती सबै नष्ट भएका छन् ।

युक्रेनी सेनाले आइतबार दक्षिणी क्षेत्र खेरसनको एन्टोनोव्स्की ब्रिज नजिकै “तीव्र लडाइ” भइरहेको बताएको छ । युक्रेनी सेनाको दक्षिणी कमाण्डका प्रवक्ता नतालिया हुमेन्युकले यस लडाइलाई मुख्य रूपमा “काउन्टर–ब्याट्री युद्ध”, वा रूसी फायरिङ पोजिसनहरू हटाउने प्रयासको रूपमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?