+
+

रोडिजको निर्देशन मभन्दा राम्रो अरु कसैले गर्न सक्दैन : सिमोस सुनुवार

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १७:३५

काठमाडौं । सिमोस सुनुवार फिल्म तथा टेलिभिजन कार्यक्रमका भर्सटाइल निर्देशक हुन् भन्ने कुरामा दुविधा छैन । उनी एक्सन जनराका फिल्म निर्देशनमा सुपरिचित छन् । सम्पादनदेखि भीएफएक्सजस्ता प्राविधिक कार्यमा त उनले अवार्ड पनि हात पारेका छन् । यसभन्दा भिन्न रुपमा लोकसंगीतसम्बन्धी टिभी कार्यक्रम हिमालय लोकस्टार सिजन २ को निर्देशन गरे ।

लोकस्टारको दोस्रो श्रृंखलाले उनलाई अगल जनरामा समेत काम गर्न सक्ने भर्सटाइल निर्देशकको रुपमा स्थापित गर्‍यो । टिभी कार्यक्रमसँगै उनी फिल्म निर्देशनमा पनि सक्रिय छन् । उनले निर्देशन गर्ने फिल्म ‘हात्तीछाप’को छायांकन बिहीबारदेखि सुरु हुँदैछ । यस्तोमा उनी टिभी कार्यक्रम र फिचर फिल्म दुवैको ‘क्याप्टेन अफ द शिप’को भूमिका निर्वाह गरिरहेका छन् ।

सोमबार काठमाडौंमा आयोजित हिमालय रोडिज सिजन पाँचको घोषणा कार्यक्रममा सिमोसले यस्तै प्रश्नको सामना गर्नुपर्‍यो । हिमालय लोकस्टार निर्देशन गरेको मान्छेले रोडिजजस्तो एड्भेन्चर रियालिटी शोलाई न्याय दिन सक्ला भन्दै पत्रकारले प्रश्न राखेका थिए । यसमा सिमोसको जवाफ थियो– ‘रोडिजको राम्रो निर्देशन मभन्दा अरु कोहीले गर्न सक्दैन ।’

सिमोसको जवाफमै होस्ट सुरजसिंह ठकुरीले अझै प्रशंसा थपे । अलग जनराका फिल्म र टिभी कार्यक्रममा हात हालेर सिमोसले साहस गरेको र एउटै जनराको ट्यागबाट मुक्त हुन प्रयास गरेको बताए । ‘अवश्य पनि विगतको रोडिजभन्दा पाँचौं सिजन भव्य र नयाँ हुनेछ,’ उनले भने । पत्रकार सम्मेलनमा सार्वजनिक श्रव्यदृश्यमा पनि सिमोसले आफ्नो एक्सन कोरियोग्राफरको शैलीलाई मज्जाले पोत्ने प्रयास गरे ।

हिमालय रोडिजको पाँचौ सिजन साउन ८ गतेदेखि प्रसारण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?