+
+
Shares
फिल्म :

सिमोस सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ २३ जेठमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते ११:०७

काठमाडौं । कलाकार सौगात मल्ल, आसिफ शाह र गरिमा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै २३ जेठमा फिल्म आउने जनाएका हुन् ।

पोस्टरमा ३ जना पात्रलाई चित्रण गरिएको छ । आसिफ र गरिमाको पात्रलाई रोमान्टिक देखाइएको छ । सौगात अर्को कुनाबाट उनीहरूलाई हेरिरहेका छन् । हिमाल देखिने कुनै गाउँको दृश्य यसको परिवेश हो ।

भुइँमा बसेको बाख्रोलाई चस्मा लगाइदिएर रोमान्टिक थिम दर्शाउन खोजिएको छ । बेहुली भित्राउने दिनमा जन्तीलाई खुवाइने भोजलाई ‘जन्तेबाख्रो’ भन्ने चलन छ । कथावस्तु यही विषय वरपर घुम्ने मेकर बताउँछन् ।

सिमोस सुनुवारको निर्देशित फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको पनि अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्मको जनरा सोसल कमेडी हो । प्रदीप भारद्धाजको पटकथा र संवाद रहेको फिल्ममा सन्तोष गौतमको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?