+
+

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै, तोडिएला भारतको दबदबा ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते ६:५९

१९ असार, काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा  भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् । यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो ।

यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ ।

भारत र कुवेत दुवै समूह ए मा थिए । समूह चरणमा यी दुई टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए । गोलअन्तरका आधारमा भारतलाई पछि पार्दै कुवेत समूह विजेता बनेको थियो । तर दुवै टोली सेमिफाइनल विजयी हुँदै फाइनल भेट पक्का गरे ।

भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाउँदा कुवेतले बंगलादेशमाथि १-० को कठिन जित निकालेको थियो ।

भारत र कुवेत रहेकै समूहमा रहेको नेपाल भने दुई हार एक जितको नतिजासहित समूह्य चरणबाटै बाहिरिएको थियो ।

सन् २००५ मा कराची र २०११ मा दिल्लीमा खेलाडीका रुपमा साफ जितेका महेश गवलीले फेरि एकपटक भारतको टचलाइन सम्हाल्नेछन् ।

मुख्य प्रशिक्षक इगोर स्टिमाक रातो कार्ड पाउ प्रतिवन्धमा रहेपछि यी पूर्वडिफेण्डर महेशको काधमा ठूलो जिम्मेवारी आएको हो । प्रशिक्षकको रुपमा पनि साफको उपाधि जित्न उनी आतुर छन् ।

यसअघि समूह चरणमा तनावपूर्ण खेल भएको भन्दै प्रशिक्षक महशेले शान्त भएर फाइनलमा केन्द्रित भएको प्रि म्याचमा बताएका थिए । फाइनल यसअघिका खेल भन्दा फरक हुने भएकोले सकरात्मक सोचका साथ मैदान उत्रने उनको भनाइ थियो ।

सेमिफाइनल गुमाएका सन्देश जिंगनले फाइनल खेलका लागि टोली तयार रहेको बताएका छन् ।

यस्तै कुवेतको मुख्य प्रशिक्षक रुई बेन्टोले पनि फाइनल अन्य खेल भन्दा फरक हुने र उपाधिकै लागि आफूहरुले प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले फाइनल पुग्नका लागि कडा मिहिनेत गरेको र खेललाई इन्जोए गर्न आफूले खेलाडीलाई सन्देश दिएको बताए ।

पोर्चुगलको उमेर समूहको टिम हेरिसकेका बेन्टोले गत वर्ष मात्र कुवेतको प्रशिक्षण सम्हालेका थिए । भारतलाई हराएर उपाधि जिते कुवेतले २०१० को अरबियन गल्फ कपपछि पहिलो उपाधि जित्नेछ ।

यता भारतले साफ अघि लेबनलाई हराएर इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो ।

भारत र कुवेतबीच अर्को रमाइलो संयोग छ  । दुवै टोली पछिल्ला १० खेलमा अपराजित छन् । भारतले २०२२ सेप्टेम्बरमा भियतनामसँग पराजित भएयता १० खेलमा हार बेहोरेको छैन । यस क्रममा भारतले लेबनानसँग नै तीन पटक खेल्दा दुई पटमक (पेनाल्टीसहित) जित हात पारेको छ ।

यस्तै कुवेतले पनि यसै वर्ष जनवरीमा अरबियन गल्फ कपमा पराजित भएपछि कुनै खेल हारेको छैन । यस क्रममा कुवेतले युएई, जाम्बिया जस्ता टिमलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?