+
+

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १८:४८

१९ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।

पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘पुरानो पाठ्यक्रम अनुसार पढाइ भएको अन्तिम शैक्षिक सत्र भएकाले नतिजा पनि पुरानै ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने नै थियो । खाली विधि पुर्‍याउनका लागि मात्र निर्णय भएको हो’ उनले भने ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा अंक ल्याउन ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ ।

तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।

चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष शर्माले बताए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?