+
+

महानगरले सुरु गर्‍यो बजार अनुगमन, कफी पसललाई तिरायो १० हजार रूपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १७:४१

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ ।

महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो ।

महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो । अनुगमन क्रममा कफी सपमा उपभोग्य मिति नभएको केकजन्य वस्तु बरामद भएको महानगरपालिकाले जनाएको छ ।

उत्पादन र उपभोग्य म्याद नभएको उक्त वस्तु जफत गर्दै महानगरले कफी पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, पसलमा सरसफाई राख्न र गुणस्तरीय वस्तु मात्रै बिक्रि वितरण गर्न महानगरले पसललाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?