+
+

मार्सेलो ब्राजोभिच अल नासरमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १८:४१

१९ असार, काठमाडौं । क्रोयसियाका मिडफिल्डर मार्सेलो ब्राजोभिच साउदी अरेबियाको अल नासरमा आवद्ध भएका छन् ।

विश्व फुटबलका हस्तीहरु साउदीको क्लबहरुमा आवद्ध हुने क्रममा उनको नाम पनि सामेल भएको हो । उनले अल नासरबाट क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।

उनका लागि अल नासरले ७५ मिलियन खर्च गरेको छ । जसमध्येको ट्रान्सफर रकम १८ मिलियन हो ।

बार्सिलोनाले सर्जियो बुस्केट्सलाई प्रतिस्थापन गर्ने गरी उनलाई ल्याउने तयारी गरेको थियो । तर ३० वर्षीय ब्रोजोभिचलाई क्याटलान क्लबले साउदी क्लबझैं ठूलो आर्थिक प्रस्ताव गर्न सकेन ।

ब्रोजोभिचले गत महिना म्यानचेस्टर सिटीविरुद्ध भएको च्याम्पियन्स लिगको फाइनलमा सुरुवात गरेका थिए ।

ब्रोजोभिच पछिल्लो ८ वर्षदेखि इटालीमा खेलिरहेका छन् । उनी सन् २०१५ मा डाइनामो जाग्रिबबाट लोनमा इन्टर आएका थिए । त्यसपछि उनको बसाइ स्थायी भएको थियो ।

ब्रोजोभिचले इन्टर मिलानबाट २ पटक कोपा इटालिया र एकपटक इटालियन सिरी ए को उपाधि जिते । उनले ३ सय ३० खेलमा ३१ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?