+
+

भारतीय प्राध्यापकको एक टोली रातो मच्छिन्द्रनाथबारे अध्ययन गर्न ललितपुरमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १९:१२

१९ असार, काठमाडौं । भारतको आसामबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न प्राध्यापक, विद्यार्थी लगायतको एक टोली ललितपुर आइपुगेको छ ।

गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीवार्द फाउन्डेसनका अनुसन्धानकर्ता, लेखक, पत्रकार, कलाकार र सांस्कृतिक संगठनका गरी २२ जनाको टोली ललितपुर आइपुगेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

बुङमती पुगेर उनीहरुले पुनर्निर्माण भइरहेका रातो मच्छिन्द्रनाथको मन्दिरको बारेमा जानकारी दिएको महानगरले जनाएको छ । उनीहरुले बुङमतीका अन्य सम्पदा, त्यहाँको पुरानो बस्ती र बस्तीको ऐतिहासिक पाटोका बारेमा पनि अभिरुचिपूर्वक सूचना र जानकारी लिएका थिए ।

ललितपुर महानगरले आयोजना गरेको नेपाको संस्कृति, कला र साहित्य तथा मच्छिन्द्रनाथ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आसामको गुवाहाटी विश्वविद्यालयका प्रा.डा. खगेन्द्र शर्माले रातो मच्छिन्द्रनाथ बारे अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

‘विश्वविद्यालयबाट ३/४ वटा अध्ययन अनुसन्धान गर्नुपर्छ, त्यो रिसर्च नेपाल र भारत दुवैतिरका विश्वविद्यालयबाट गर्न सकिन्छ,’ शर्माले भने । अनुसन्धानलाई विश्वभर फैलाउनुपर्ने सुझाव दिंदै उनले अंग्रेजी भाषामा मच्छिन्द्रनाथ बारेमा सामग्रीहरु तयार पार्नुपर्ने बताए ।

कटन विश्वविद्यालयका एसोसियट प्राध्यापक अम्बेश्वर गोगोइले अध्ययन अनुसन्धानले रातो मच्छिन्द्रनाथ बारेमा रोचक र नयाँ तथ्य पत्ता लाग्ने बताए ।

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको बारेमा अध्ययन अनुसन्धान गर्न महानगरले सहयोग गर्ने बताए । नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारेमा नेपाली भाषमा थुप्रै अध्ययन सामग्री भएपनि अंग्रेजीमा नभएको स्वीकार गरे ।

पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले मच्छिन्द्रनाथको पूजा विधि र प्रक्रियाका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?