+
+

५ कम्पनीले आईपीओ निष्कासन गर्न पाए स्वीकृति

३ कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १७:०९

१९ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले १५ असार देखि १९ असारसम्म गरी ५ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

आईपीओ निष्कानस गर्ने स्वीकृति पाउनेमा सिटिजन लाइफ, सन नेपाल लाइफ, मान्डु हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । जसमध्ये सिटिजन लाइफ, सन नेपाल लाइफ र मान्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएका हुन् ।

नेपाल धितोपत्र बोर्डले हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई पनि १७ असारमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो । कम्पनीलाई प्रति कित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस्तै बोर्डले मिड सोलु हाइड्रोपावर लिमिटेडलाई १८ असारमा नै आईपीओ निष्कानस गर्ने स्वीकृति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि उक्त सेयर निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

मान्डु हाइड्रोपावर लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २०६ रुपैयाँका दरले १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसधारणलाई उक्त सेयर निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले १८ असारमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम सहित २४४ रुपैयाँका दरले सर्वसाधारणका लागि १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । त्यस मध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमै सेयर निष्कासन गर्ने छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितापत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले १९ असारमा आईपीओ निष्कासनको स्वीकृति पाएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २३९ रुपैयाँका दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । जसमध्ये ४ लाख ८० हजार कित्ता सेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमा नै निष्कासन गर्नेगरी स्वीकृति लिएको हो । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १९ असारमा नै आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?