+
+

तनहुँको तुरतुरेमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते २०:२०

२० असार,  तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडकभन्दा एक सय मिटर माथिबाट सुख्खा पहिरा खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए।

उनका अनुसार साझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सुचारु गराउन काम भइरहेको राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरा पन्छाउने काम भइरहेको छ।

तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?