+
+

रेडियो नेपालको ४१ रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते २०:३९

२० असार, काठमाडौं । सरकारले ललितपुरको खुमलटारस्थित रेडियो नेपालका नाममा रहेका रहेको ४१ रोपनी ४ आना जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ । जग्गाको हक हस्तान्तरणका लागि प्राधिकरणले प्रतिआना ४० लाख रुपैयाँका दरमा रेडियो नेपाललाई रकम भुक्तानी गर्नेछ ।

यसअनुसार रेडियो नेपालले करिब साढे २ अर्ब ६० करोडभन्दा बढी मूल्य रुपैयाँ पाउनेछ । गत साता बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रतिआना प्राधिकरणले रेडियो नेपालको खातामा जम्मा गर्ने गरी हक हस्तान्तरणको स्वीकृत दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘रेडियो नेपालको जग्गाको हक अब दूरसञ्चार प्राधिकरणलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।

२०७५ सालमै मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गाबापत सरकारी दररेट अनुसारको रकम मन्त्रालयको सहमतिमा नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसरी प्राप्त हुने रकम रेडियो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहमतिमा पूँजीगत कार्यमा खर्च गर्ने निर्णय भएको थियो ।

तर, रेडियो नेपालको जग्गा भाडामा लागेर विवाद उत्पन्न भएपछि अदालतसम्म मुद्दा पुगेकाले हक तथा स्वामित्व हस्तान्तरण हुन पाएको थिएन । अदलतबाछ मुद्दा टुंगिएर रेडियो नेपालको पक्षम फैसला भइसकेकाले अब मन्त्रिपरिषदले जग्गाको यकिन विवरणसहित प्राधिकरणलाई जग्गा उपलब्ध गराउन सहमति दिएको हो ।

यो जग्गामा प्राधिकरणले नेपालको स्याटेलाइटको ग्राउन्ड स्टेसन निर्माण गर्ने योजना बनाएको थियो । तर, अहिले आफ्नै स्याटेलाइट राख्ने परियोजना स्थगित भएकाले यहाँ प्राधिकरणको केन्द्रीय कार्यालय स्थापना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?