+
+

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १२:०२

२१ असार, धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाइँ गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो । घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?