+

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

२०८० असार  २२ गते १४:२१ २०८० असार २२ गते १४:२१
Shares
खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ?

तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने उल्लेख छ । यसका लागि सबैभन्दा पहिले खानेकुराको प्रकारबारे चर्चा गर्नु आवश्यक छ । आयुर्वेदमा खानेकुरालाई तीन प्रकारका विभाजन गरिएको छ । सात्विक, राजसिक र तामसिक । यी खानेकुरामा कुन खानेकुरा सेवन गर्नुहुन्छ ? त्यही अनुसार मानिसको मुड हुन्छ ।

सात्विक खानपान

सात्विक खानपान गर्ने मानिस तुलनात्मक रुपमा शान्त स्वभावका हुन्छन् । उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुन्छन् । किनकि यसमा पचाउन सजिलो खानेकुरा हुन्छन् । सात्विक भोजनमा रोटी, चामल, फलफूल, हरियो सागपात, दूध, ड्राईफ्रुट्स, मह, प्याज लसुन बिनाको दाल, तरकारी, मरमसला कम प्रयोग गरिएको हुन्छ ।

आयुर्वेदका अनुसार यसमा वाट, पित्त, कफ सन्तुलित हुन्छन् । यही तीनवटाको सन्तुलन नै निरोगिताको अवस्था हो । यस्तो खानेकुरा खाँदा रिस उठ्ने, मुड फेरिरहने, झर्को लाग्ने जस्ता समस्या त्यति आउँदैन ।

राजसिक भोजन

राजसिक खानपानमा अमिलो, पिरो, तितो, चिल्लो पेय पदार्थ, माछामासु, लसुन, प्याज, मरमसाला सबै समावेश हुन्छन् । यस्ता खानपिनले मानिसको मस्तिष्कलाई उत्तेजित पारिदिन्छ । जसले गर्दा शरीरमा पित्तको वृद्धि हुन्छ । शरीरमा जलन हुने, पेट पोल्ने, तनाव बढाउने समस्या यस्तो खानेकुराले गर्छ ।

यस्ता खानेकुरा दैनिक खाँदा स-साना कुरामा रिस उठ्ने, चाँडै रिसाउने, मुड परिवर्तन भइराख्ने समस्या हुन्छ ।

तामसिक भोजन

तामसिक खानपानमा सजिलै नपच्ने खानेकुराहरु पर्छन् । जस्तै प्याज, पनिर, पोलेको, तारेको खानेकुरा, फ्रिजको खानेकुराले शरीरमा कफ बढाउँछ । जसलाई मेडिकल भाषामा शरीरमा उत्पन्न हुने म्युकस भनिन्छ । शरीरमा यसको वृद्धिले शरीरमा सुस्त, अल्छीपन, बैरागीपन उत्पन्न हुने हुन्छ । निरन्तर यस्ता खानपान गरेमा भविष्यमा डिप्रेसनको समेत जोखिम हुन सक्छ ।

(आयुर्वेद चिकित्सक डा. केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानेकुरा डा. पुनेश्वर केशरी मुड
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज