+

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

२०८० असार  २२ गते १४:२१ २०८० असार २२ गते १४:२१
खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले हामीले आफैंले आफैंलाई प्रश्न गरिरहेका हुन्छौं । दैनिक खाने खानेकुराले पनि रिस उठ्ने वा मुड खराब हुन्छ ?

तर आयुर्वेदमा खानपानले पनि मानिसको मुड परिवर्तन गराउने उल्लेख छ । यसका लागि सबैभन्दा पहिले खानेकुराको प्रकारबारे चर्चा गर्नु आवश्यक छ । आयुर्वेदमा खानेकुरालाई तीन प्रकारका विभाजन गरिएको छ । सात्विक, राजसिक र तामसिक । यी खानेकुरामा कुन खानेकुरा सेवन गर्नुहुन्छ ? त्यही अनुसार मानिसको मुड हुन्छ ।

सात्विक खानपान

सात्विक खानपान गर्ने मानिस तुलनात्मक रुपमा शान्त स्वभावका हुन्छन् । उनीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुन्छन् । किनकि यसमा पचाउन सजिलो खानेकुरा हुन्छन् । सात्विक भोजनमा रोटी, चामल, फलफूल, हरियो सागपात, दूध, ड्राईफ्रुट्स, मह, प्याज लसुन बिनाको दाल, तरकारी, मरमसला कम प्रयोग गरिएको हुन्छ ।

आयुर्वेदका अनुसार यसमा वाट, पित्त, कफ सन्तुलित हुन्छन् । यही तीनवटाको सन्तुलन नै निरोगिताको अवस्था हो । यस्तो खानेकुरा खाँदा रिस उठ्ने, मुड फेरिरहने, झर्को लाग्ने जस्ता समस्या त्यति आउँदैन ।

राजसिक भोजन

राजसिक खानपानमा अमिलो, पिरो, तितो, चिल्लो पेय पदार्थ, माछामासु, लसुन, प्याज, मरमसाला सबै समावेश हुन्छन् । यस्ता खानपिनले मानिसको मस्तिष्कलाई उत्तेजित पारिदिन्छ । जसले गर्दा शरीरमा पित्तको वृद्धि हुन्छ । शरीरमा जलन हुने, पेट पोल्ने, तनाव बढाउने समस्या यस्तो खानेकुराले गर्छ ।

यस्ता खानेकुरा दैनिक खाँदा स-साना कुरामा रिस उठ्ने, चाँडै रिसाउने, मुड परिवर्तन भइराख्ने समस्या हुन्छ ।

तामसिक भोजन

तामसिक खानपानमा सजिलै नपच्ने खानेकुराहरु पर्छन् । जस्तै प्याज, पनिर, पोलेको, तारेको खानेकुरा, फ्रिजको खानेकुराले शरीरमा कफ बढाउँछ । जसलाई मेडिकल भाषामा शरीरमा उत्पन्न हुने म्युकस भनिन्छ । शरीरमा यसको वृद्धिले शरीरमा सुस्त, अल्छीपन, बैरागीपन उत्पन्न हुने हुन्छ । निरन्तर यस्ता खानपान गरेमा भविष्यमा डिप्रेसनको समेत जोखिम हुन सक्छ ।

(आयुर्वेद चिकित्सक डा. केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानेकुरा डा. पुनेश्वर केशरी मुड
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय