
२४ असार, धनगढी । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्युु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका- ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गिरी शनिबार साँझमालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4