+
+

क्लासिक टेकको रिचार्ज अफर : बोनसदेखि टिभीसम्म जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १५:३०

काठमाडौं । क्लास्सिक टेकले ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । उक्त अफरमार्फत ग्राहकले बोनस, क्यासब्याक र टिभीसम्म जित्ने अवसर रहेको क्लासिक टेकले जनाएको छ ।

प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर २१ असारदेखि लागु गरिएको हो ।

अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ ।

यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा १०० रूपैयाँसम्म क्यासब्याक (प्रति दिन एक यूजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्र मार्फत् ३२ इन्चको टिभी जित्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?