+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुदूरपश्चिमका सुरक्षा निकायलाई मुख्यमन्त्रीको निदेर्शन : विपद् प्रतिकार्यका लागि तयार रहनू

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १७:३१

२७ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुन सक्रिय भएका कारण विपद् प्रतिकार्यका लागि सतर्क रहन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्षातका कारण आउन सक्ने बाढी, पहिरो, डुबान तथा कटान जस्ता विपद्को प्रतिकार्यका लागि चनाखो भएर बस्न निर्देशन दिएका हुन् ।

शाहले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गर्दै भइपरी आउने उद्दार तथा राहतका कामका लागि समेत सतर्क रहन भनेका छन् । बैठकमा प्रदेशका मुख्य सचिव, सचिव, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रदेशस्थित प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?