
२७ असार, काठमाडौं । जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
बुधबार माइतीघर मण्डलामा ब्यानरसहित जात व्यवस्थाविरूद्ध मोर्चाका अभियानकर्मीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
जात व्यवस्थाका कारण देशभर श्रृखलाबद्ध घटनाहरू घटेको भन्दै जात व्यवस्थाविरुद्ध माइतीघरमा प्रदशर्न गरिएको उक्त अभियानमा सहभागी लेखक तथा प्राध्यापक सञ्जीव उप्रेतीले बताए ।
उनले भने, ‘देशभर अझै जात व्यवस्थाकै कारण मानिसको ज्यानसमेत गउको छ भने सामाजिक विभेद कायमै छ। यसलाई जरैबाट निर्मूल पार्नु जरुरी छ। हामी सबै मिले यसविरूद्ध संघर्ष गर्नुको विकल्प छैन।’
अभियन्ताहरूले लडौं जात व्यवस्थाविरूद्धको फाइनल म्याच, मलाई विभेद स्विकार्य छैन, कास्ट सिष्टम हर्ट एभ्रीवान, ढिलो न्याय दिनु भनेको अन्याय होलगायतका पम्पप्लेटसहित प्रदर्शन गरेका हुन् ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4